ad ad

राजनीति


वैज्ञानिकको हत्यापछि आक्रमक बन्यो इरान, परमाणु गतिविधि बढाउन कानुन बनायो

वैज्ञानिकको हत्यापछि आक्रमक बन्यो इरान, परमाणु गतिविधि बढाउन कानुन बनायो

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ७:२,

इरानको संसदले संयुक्त राष्ट्रसङ्घीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न रोक्ने र युरेनियम थप संवर्द्धन गर्ने कानुनलाई स्वीकृत गरेको बीबीसीले जनाएको छ।

उक्त विधेयक अनुसार सरकारले २० प्रतिशतसम्म युरेनियम संवर्द्धनलाई पुनः सुरु गर्नुपर्नेछ।

सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले संवर्द्धन गर्न सकिने बुँदा थियो। त्यहाँ अन्तर्राष्ट्रिय निरीक्षकलाई अनुगमनको अनुमति पनि दिइएको थियो।

संसदले पारित गरेको कानुन पालन गर्न अब इरानी सरकारले त्योभन्दा निकै बढी युरेनियम संवर्द्धन गर्नुपर्नेछ।

इरानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएपछि त्यहाँको संसदको यस्तो निर्णय आएको हो।

तर इरानी राष्ट्रपति हसन रुहानीले उक्त कानुन कार्यान्वयन गर्न अस्वीकार गरेका छन्। कूटनीतिमा असर गर्ने हुँदा उनी असमर्थ देखिएको बताइएको छ।

गत शुक्रवार राजधानी तेहरान बाहिरको एउटा सडकमा वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएको थियो।

इरानले उक्त घटनामा इजरायल र देशबाट निष्काशित समूहले रिमोटका माध्यमबाट चल्ने हतियार प्रयोग गरी गोली हानेर हत्या गरेको बताएको छ।

तर इजरायलले भने सार्वजनिक रूपमा उसको संलग्नताबारे लागेको आरोपबारे बोलेको छैन।

फख्रिजादेहले इरानको परमाणु कार्यक्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए। इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण रहनेमा जोड दिने गरेको छ।

तर परमाणु कार्यक्रमकै कारण इरानले पश्चिमी देशको कडा खाले प्रतिबन्धको सामना गरिरहेको छ।

पश्चिमा शक्ति उसलाई परमाणु हतियार बनाउनबाट रोक्न चाहन्छन्। गत जनवरीमा मात्र अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको पनि हत्या गरेको थियो। अमेरिकाले सुलेमानीलाई आतंकवादीको संज्ञा दिएको थियो।

इरानको नयाँ कानुन

इरानको गार्डियन काउन्सिलले अनुमोदन गरेको कानुन अन्तर्गत तेहरानले सन् २०१५ को परमाणु सम्झौताका युरोपेली हस्ताक्षरकर्ताहरूलाई दुई महिनाको समय दिन सक्नेछ।

त्यसबीच उनीहरूले सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट बाहिरिएदेखि इरानको तेल र वित्तिय क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउनु पर्नेछ।

यदि ती प्रतिबन्धहरू दिइएको समयसीमामा खुकुलो नपारिएमा सरकारले युरेनियम संवर्द्धन कार्यक्रमलाई २० प्रतिशतले बढाउनुपर्नेछ।

इरानले दुईवटा केन्द्रहरू नाटाज र फोर्डोउमा परमाणु कार्यक्रम सञ्चालन गरिरहेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .