राजनीति


कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी

कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी

नेपालखबर
साउन १३, २०७६ सोमबार ७:४४,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले संसद बैठक अवरुद्ध गरेका छन्।

सभामुख महराले संसदीय बैठक सुरु भएको घोषणा गर्नसाथ कांग्रेस र राजपाका संसदहरुले उठेर विरोध जनाएका थिए। उनीहरुको विरोधकाबीच पनि सभामुखले बैठक शून्य समयको कार्यसूची प्रारम्भ गरेपछि उनीहरु रोस्टम अगाडि उभिएर नाराबाजी गरिरहेका छन्।

उनीहरुले संसदीय सर्वोच्चता कायम गर्न माग गर्दै नाराबाजी गरिरहेका छन्।

सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई वटा घटनाको तत्काल छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै दुवै दलले संसद अवरुद्ध गरेका हुन्।

सर्लाहीमा भएका सो मृत्युको घटनाको छानबिनका लागि संसदीय समिति गठन नगरेसम्म संसद चल्न नदिने दुबै दलले अडान लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .