कारोबार


१४औँ अन्तर्राष्ट्रिय युथ मिडिया सम्मेलन पोखरामा सुरु

१४औँ अन्तर्राष्ट्रिय युथ मिडिया सम्मेलन पोखरामा सुरु

नेपालखबर
साउन १३, २०७६ सोमबार ७:४१,

पर्यटकीय नगरी पोखरामा १४औँ अन्तर्राष्ट्रिय युथ मिडिया समिट आइतबारदेखि सुरु भएको छ। सम्मेलनमा २१ देशका ५८ प्रतिनिधि सहभागी रहेका छन्। सम्मेलन आगामी अगष्ट ९ सम्म चल्नेछ।
यो हरेक वर्ष दुई हप्तासम्म आयोजना हुँदै आएको छ। सम्मेलनमा सहभागीहरुले मिडिया प्रोजेक्टहरुबारे एकअर्कासँग सहकार्य र छलफल गर्नेछन्।

सम्मेलनका अध्यक्ष एभलिन सिउबर्टले आफूहरुले संस्कृतिहरुको बीचमा पुलको काम गर्नसक्ने बताइन्। विगत १३ वर्षदेखि ६६ देशका १ हजारभन्दा बढी युवाले यो सम्मेलनमा सहभागिता जनाइसकेको उनको भनाइ छ।

youth summit 2

सहभागीहरुमा १४ देखि २४ वर्षसम्मका फिल्म निर्माणकर्ता पनि सहभागी छन्। उनीहरुले दुई मिनेटको विश्व समस्यालाई सम्बोधन गर्ने फिल्म बनाउने बताइएको छ। विशेषगरी भेदभाव, वातावरण, स्वास्थ्य, गरिबी, हिंसा, महिला अधिकार र युवा सशक्तीकरणका विषयमा फिल्म बनाउनेछन्। सम्मेलनमा पर्यटन मन्त्रालयका नारायण आचार्य, पोखरा पर्यटन काउन्सिलका चिरञ्जीवी पोखरेल, गण्डकी प्रदेशका एसपी धनबहादुर कार्कीले आइतबारको उद्घाटनसत्रमा सहभागिता जनाएका थिए।

यसपटकको सम्मेलनमा अफगानिस्तान, अस्ट्रेलिया, अस्ट्रिया, क्रोएसिया, डेनमार्क, इजिप्ट, गाम्बिया, घाना, ग्रिस, भारत, इन्डोनेसिया, इजरायल, इटाली, लेबनान, मलेसिया, म्यान्मार, नेपाल, नाइजेरिया, पाकिस्तान, प्यालेस्टाइन, पेरु, फिलिपिन्स, पोल्यान्ड, कतार, सिंगापुर, श्रीलंका, स्विडेन, ट्युनिसिया, यूएई, यूके र अमेरिकाका प्रतिनिधि सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .