ad ad

राजनीति


म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री (भिडियो)

म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री  (भिडियो)

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार ९:७,

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन्। बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनैपनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन्।

पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारे।

उनले भने, ‘तपाइहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ? मेरो लागि होइन देशको लागि। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन। त्यो मैले दोहो-याएर भनेको छु फेरि केहीले खोइत राजीनामा भनेर मागिराखेका छन्। बेकारको कुरा हो भन्ने सोच्छु।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए। कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ की भन्ने दुविधामा नपर्न समेत आग्रह गरे।

उनले भने, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो। यहाँ पु-याएको म जालझेल तिकडमबाट होइन। यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो। त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुस। यो सरकार फेरिन्छ की बदलिन्छ की धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे। भित्र, बाहिर अनेक थरिका कोसिसहरु आए। जे मा पनि आलोचना गर्ने, जे मा पनि आलोचना गर्ने। त्यस प्रकारका प्रवृतिहरु छन त्यसबाट प्रभावित नहौं।’

प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताए।

उनले भने, ‘एकथरी अस्थिरताको खेति गरिरहने देशलाई अस्थिरता तर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ केहीको। एडिक्ट भएका छन् कोही।’

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .