कर्णाली प्रदेशक संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल भएको छ।
शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली समर्थक सांसदहरुले बहिष्कार गरेको संसदीय दलको बैठक प्रदेश संसदीय दलको कार्यालयमा बसेको थियो। ३३ प्रदेश सांसदमध्ये बैठकमा १८ जना सांसदको उपस्थिति रहेको थियो। ‘बहुमत सांसदको बैठक बस्यो र बैठकमा उपस्थित सबैको सर्वसम्मतिले अविश्वास प्रस्ताव अस्वीकार गरेको छ’, नेपालखबरसँग कुरा गर्दै एक सांसदले भने।
आजको बैठकमा मुख्यमन्त्री शाहीले नयाँ प्रमुख सचेतक र सचेतकको नियुक्तिको विषयबारे संसदीय दललाई जानकारी गराएका थिए। त्यसपछि अविश्वास प्रस्तावमाथि विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको थियो।
अविश्वासको प्रस्ताव अस्वीकार भएसँगै प्रदेशमा मन्त्रिमन्डल पुनर्गठनका लागि ढोका खुलेको छ।

प्रतिक्रिया