नेपाली कांग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लंंघन गरेको भन्दै निष्काशन गरेको छ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लंघन गरेकाले उनलाई कारबाही गरेको हो।
उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।
कांग्रेस बाँकेको संगठन विभाग प्रमुख रहेका मल्लले गत वर्ष उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए।
3
Shares
प्रतिक्रिया