राजनीति


पूवप्रधानमन्त्री भट्टराई भन्छन् : अनसनरत युवाको जीवन जोखिममा पर्दैछ, सरकार निद्राबाट जागोस्

पूवप्रधानमन्त्री भट्टराई भन्छन् : अनसनरत युवाको जीवन जोखिममा पर्दैछ, सरकार निद्राबाट जागोस्

नेपालखबर
असार १७, २०७७ बुधबार १४:११,

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोना महामारी नियन्त्रण सम्बन्धी कामकारवाही प्रभावकारी र पारदर्शी बनाउन माग गर्दै अनसनमा रहेका युवा इशानलाई भेट्न पाटन दरबार क्षेत्र पुगेका छन्।

पाटन दरबार परिसरमा ६ दिनदेखि अनसनरत् ती युवालाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई अनसनस्थलमै पुगेका हुन्।

Ishan Bhattarai hungerstrike 1

भट्टराईले अनसनरत् युवाको ज्यान जोखिममा पर्दै गएको हुँदा सरकारको ध्यान जानुपर्ने बताएका छन्।

‘कोरोना महामारी नियन्त्रण प्रभावकारी बनाउन विभिन्न माग राखी ६ दिनदेखि पाटन दरबार हातामा अनसनरत युवाहरूको जीवन जोखिममा पर्दैछ१ सरकार कुम्भकर्ण निद्राबाट जागोस्!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

Ishan Bhattarai hungerstrike 2 

याे पनि: सत्याग्रही युवाका माग पूरा गर्न नागरिक अगुवाको आग्रह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .