राजनीति


शेखर कोइरालाको घरबाट गगन थापाको चेतावनी: विधान नमान्ने साथीलाई जिम्मेवारीबाट बिदा गरिन्छ

शेखर कोइरालाको घरबाट गगन थापाको चेतावनी: विधान नमान्ने साथीलाई जिम्मेवारीबाट बिदा गरिन्छ

नेपालखबर
जेठ ९, २०८३ शनिबार १०:१३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानअनुसार नचल्नेहरूलाई कारबाही गरिने चेतावनी दिएका छन्।

आज (शनिबार) बिहान विराटनगरस्थति नेता डाक्टर शेखर कोइरालाको निवास पुगेर पत्रकार सम्मेलन गर्दै उनले सदस्यता नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट हटाइने बताएका हुन्।

उनले भने, ‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधानअनुसार साथीलाई धन्यवाद भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु।’

कारबाहीको प्रक्रिया सुरु भइसकेको बताउँदै सभापति थापाले सदस्यता नवीकरणमा अवरोध सिर्जना नगर्न आग्रह गरेका छन्।

‘पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समितिभित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब कि त अनुहार मन पर्दैन भन्नुपर्‍यो, त्योभन्दा बाहेक बाँकी रहेको भन्ने ठाउँ चाहिँ केही पनि छैन’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad