राजनीति


३५ वर्षसम्म कांग्रेस-कम्युनिस्ट मिलेर मुलुकलाई ध्वस्त बनाएः उपेन्द्र यादव

३५ वर्षसम्म कांग्रेस-कम्युनिस्ट मिलेर मुलुकलाई ध्वस्त बनाएः उपेन्द्र यादव

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १७:४८, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिस्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाएका छन्।

पार्टी निकट समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले गत ३५ वर्षसम्म कांग्रेस र कम्युनिस्ट शक्तिले मुलुकको शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए। 

उनले मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र मौलाउँदै गएको गएको भन्दै त्यसका विरुद्ध युवाहरू विद्रोहमा उत्रिएको दाबी गरे। 

यादवले भने ‘नेपालमा बुहदल व्यवस्था आइसकेपछि करिब ३५ वर्षसम्म कांग्रेस–कम्युनिष्टले शासन गरे। अरु हरुले केही मन्त्रालय अथवा सहयोगी भूमिका निभाए। आज मुलुक शिक्षाको क्षेत्रका हिसाबले ध्वस्त भयो। स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै छ। युवाहरुलाई राम्रो शिक्षा र रोजगारी समेत दिन सकेनौं। ३५ वर्ष कम्युनिष्ट–कांग्रेसहरुको शासनमा गुणस्तरीय शिक्षा र रोजगारीको व्यवस्था पनि हुन सकेन। मुलुकमा भ्रष्टाचार, अराजकता, कमिशनतन्त्र बढेर गयो। जसको परिणाम युवाहरुले विद्रोह गरे। अब फेरि ति शक्तिहरुले केही गर्न सक्नेवाला छैनन्।’ 

फेरि पनि पुरानै राजनीतिक शक्तिहरुकाट मुलुकले निकास पाउन नसक्ने उनको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad