राजनीति


मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

फाइल तस्बिर


नेपालखबर
मंसिर ३, २०८२ बुधबार १८:२, काठमाडौँ

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बुधबार प्रदेश सभामा निर्णयार्थ पेस हुँदा प्रस्तावको पक्षमा ७६ मत खसेको हो। 

यो मत प्रस्ताव पारित हुन चाहिने २ तिहाइ भन्दा बढी हो। दुई तिहाइका लागि ७२ मत भए पुग्छ। मधेस प्रदेश सभा १०७ सदस्यीय छ।

पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै विभिन्न ७ दलले मण्डलविरुद्ध कात्तिक २७ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

प्रस्तावमा सभामुख मण्डलले संसदीय मर्यादा विपरीत एकतर्फी ढंगले सभा सञ्चालन गरेको आरोप लगाइएको थियो। मण्डल नेकपा एमालेबाट सभामुख भएका हुन्।

गत २२ गतेको प्रदेश सभा बैठक सञ्चालनका क्रममा सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत विपक्षी दलका नेताहरूलाई रोष्टम प्रयोग गर्न नदिएको तथा सत्तापक्षीय सांसदहरूलाई मात्र बोल्न अनुमति दिएको आरोप प्रस्तावमा लगाइएको थियो।

त्यस्तै सभामुखले विपक्षी दलहरूको अनुपस्थितिमा समेत बैठक सञ्चालन गरेको, मुख्यमन्त्रीलाई समेत रोष्टम प्रयोग गर्न नदिएको जस्ता कार्यहरू पदको आचरणविपरीत भएको उल्लेख गरिएको थियो। 

मण्डलविरुद्ध प्रस्ताव दर्ता गर्दा ६४ जना प्रदेश सभा सदस्यहरूले हस्ताक्षर गरेका थिए।

प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad