राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका छन्। छठलगत्तै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताइरहेका प्रसाईंसँग तीनै जिल्लाका सीडीओले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छलफल गरेका हुन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रसाईंले गर्ने भनेको आन्दोलनका विषयमा छलफल भएको जानकारी दिए।
'उहाँ (प्रसाईं)ले गर्ने भनेको आन्दोलनलाई लिएर सुरक्षाका दृष्टिकोणबाट छलफल गरियो। उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू थियौँ,' उनले नेपालखबरसँग भने, 'हामीले शान्ति सुरक्षामा असर नपर्ने गरी प्रदर्शन गर्न पाइने अधिकार नै छ। सोहीअनुसार गर्न भनेर सुझायौँ।'
उनले सरकारले आन्दोलनको तयारी गरिरहेको पक्षलाई वार्तामा बोलाइसकेको भन्दै घिमिरेले वार्ताबाट माग सम्बोधनको तयारीमा लाग्न सुझाव दिएको पनि बताए। सीडीओ र प्रसाईंबीच ४५ मिनेट छलफल भएको थियो।
Shares

प्रतिक्रिया