बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको समन्वयात्मक बैठकमा जेनजी प्रतिनिधिहरूले सत्ताच्युत शक्तिबाट आफूहरूमाथि त्रास सिर्जना गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठकमा उनीहरूले सत्ताबाट बहिर्गमित शक्तिहरूले आफूहरूलाई आतंककारी भन्न थालेको, आफ्ना विरुद्धमा जथाभावी मुद्दा दर्ता गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
उनीहरूले गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन स्वस्फूर्त क्रान्ति थियो भन्ने तथ्यलाई वैधता दिनको लागि सरकार र जेनजी प्रतिनिधिबीच निश्चित सम्झौता हुनुपर्ने माग पनि गरेका छन्।
त्यसैगरि उनीहरूले जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई तुरुन्तै पक्राउ गरेर कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
‘पछिल्लो समय हाम्राविरुद्धमा पुराना सत्ताधारीहरूले विभिन्न धम्की दिन थालेका छन्, उनीहरू प्रतिक्रान्तिको तयारीमा देखिएका छन्। भ्रष्टाचारीहरू झन् ठूलो स्वरमा कराएर हामीलाई तनाव दिन खाेज्दै छन्। चेतावनी दिन थालेका छन्,’ राष्ट्रपति र प्रधानमन्त्रीसँगको बैठकमा सहभागी एक सदस्यले जेनजीले उठाएका मागबारे नेपालखबरसँग भने, ‘हामीलाई धम्की दिनेलाई सरकारले तुरुन्तै पक्राउ गरेर कारबाही गर्नुपर्याे।’
उनीहरूले विभिन्न मुद्दामा फसाएर जेनजीलाई चुनावमा जानबाट रोक्ने अवस्था सिर्जना गर्न खोजिएको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
‘हामी चुनावमा जान चाहन्छौँ, चुनावमा सहयोग गर्न चाहन्छौँ,’ जेनजीले उठाएका भनाई उद्धृत गर्दै ती सहभागीले भने, ‘तर हामी चुनावमा जाने स्वतन्त्र र भयरहित वातावरण छैन। सरकारले हामीलाई भयरहित वातावरण सिर्जना गरोस्।’
उनीहरूले सबै युवालाई मताधिकार दिनकाे लागि सरकारले मतदाता नामावली संकलनको सयम थप गर्नुपर्ने माग पनि गरेका छन्।
बैठकमा जेनजीका कुरा सुनिसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकै बलले यो सरकार बनेकाले ढुक्क हुँन उनीहरूलाई आग्रह गरेका थिए।
‘तपाईंहरुले आन्दोलन नगरेको भए यो सरकार बन्ने आधार थिएन। संसद् विघटन भएको छ। पार्टीका मान्छेहरू संसद् पुन:र्थापनाको आवाज उठाउन थालेका छन्,’ पौडेलले जेनजीहर"लाई भने, ‘यो चुनाव सफल बनाउने दायित्व तपाईंहर"को पनि हो। हामी सबै त्यसतर्फ लाग्नुपर्छ। चुनाव बाटै राष्ट्रको काँचुली फेर्नुपर्छ। चुनावमा भ्रष्टाचारीहर"लाई हराउन लाग्नुस्। फ्रेस मान्छेहर" निर्वाचित हुनुस्। तपाईंहर"को आकांक्षा बुझ्ने मान्छेलाई चिताउनुस्। त्यसको लागि थप सहमती र सम्झौताको जरुरी छैन। राष्ट्रपति कार्यालय, सिंगो मन्त्रीमण्डल, प्रधानमन्त्रीको टिम तपाईँहरूको साथमा छ।
उक्त बैठकमा जेनजी प्रतिनिधिहरू मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी, धिरज जोशी लगायत सहभागी थिए।
Shares

प्रतिक्रिया