राजनीति


महासचिव शंकर पोखरेलले प्रस्तुत गरे एमालेलाई सफल बनाउने ८ काम

महासचिव शंकर पोखरेलले प्रस्तुत गरे एमालेलाई सफल बनाउने ८ काम

नेपालखबर
असोज १, २०८२ बुधबार १४:४, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तित राजनीतिक परिस्थितमा आफ्नो पार्टी पंक्तिले मनन गर्नुपर्ने कुरा ८ बुँदामा सार्वजनिक गरेका छन्।

महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले खेल्नुपर्ने भूमिका बुँदागत रूपमा उल्लेख गरेका हुन्। जसले अहिलेका चुनौती र समस्या समाधान गर्न सफल भइने दाबी पनि उनले गरेका छन्।  

एमाले महासचिव पोखरेलले लेखेका छन्:   

हामीले मनन गर्नुपर्ने कुरा-

-नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ।

-त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौँ।

-नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ।

-जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ।

-जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔँ।

-आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ।

-संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ।

-लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ।

यत्ति गरेपछि ‘जबजको जगमा उभिएको एमाले र आन्दोलन वर्तमानका सबै चुनौती सम्बोधन र समाधान गर्न सफल हुने’ दाबी महासचिव पोखरेलले गरेका छन्।

यही भदौ २३ र २४ गते जेनजीको नेतृत्वमा भएको आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गराएको छ। साथै नयाँ सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा गरेका छन्। 

कार्की नेतृत्वको नागरिक सरकारमा अहिलेसम्म रामेश्वर खनाल, अर्थमन्त्री ओमप्रकाश अर्याल गृह र कानुनमन्त्री तथा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्। अर्यालले २ र घिसिङले ३ मन्त्रालयको जिम्मेवारी पाएका हुन्। 

जेनजी आन्दोलन उग्र बनेपछि भदौ २४ गतेदेखि नेपाली सेनाको सुरक्षामा रहेका पूर्वप्रधानमन्त्री ओली अझै सार्वजनिक हुन सकेका छैनन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad