राजनीति


प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्ने

प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्ने

नेपालखबर
भदौ २९, २०८२ आइतबार ७:३२, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज कार्यभार सम्हाल्दै छिन्। 

जेनजी आन्दोलनको बलमा शुक्रबार साँझ प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार ११ बजे सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकाे छ।

पदभार ग्रहणसँगै कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ।

आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण क्षतिग्रस्त भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ।

कार्कीलाई ६ महिनाभित्र चुनाव गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका हुन्। 

आगजनीबाट क्षतिग्रस्त भएका सिंहदरबारका अन्य मन्त्रालयहरूमा पनि सरसफाइ गरेर काम सुरु गर्ने तयारी गरिएको छ। 

आजदेखि सिंहदरबार पुनः लयमा फर्किने मन्त्रिपरिषद्को  कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जानकारी दिएका छन्।

तत्कालकाे लागि प्रधानमन्त्री कार्यालय आगलागीबाट जाेगिएका पुरानै सामग्रीबाट सञ्चालन गर्ने तयारी छ। 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास आगजनी र ताेडफाेले क्षतिग्रस्त भएकाले कार्की  अहिले निजी निवासमा बसिरहेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad