राजनीति


रास्वपा बैठकपछि रविको सन्देश- सरकार बनाउने दौडमा छैन, नागरिक सर्वोच्चता रहनुपर्छ

रास्वपा बैठकपछि रविको सन्देश- सरकार बनाउने दौडमा छैन, नागरिक सर्वोच्चता रहनुपर्छ

नेपालखबर
भदौ २५, २०८२ बुधबार २०:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकार बनाउने र सरकारमा जाने दौडमा नरहेको बताएका छन्। साथै, देशमा लोकतन्त्र र नागरिक सर्वोच्चता रहनुपर्ने अडान पनि प्रस्तुत गरेका छन्।

रास्वपा केन्द्रीय समितिको भर्चुअल बैठकपछि उनले एक भिडिओमार्फत नागरिक सर्वोच्चताका पक्षमा अडान राखेका हुन्।

जेनजी प्रदर्शन नियन्त्रणबाहिर गएको र निर्वाचित सरकारका प्रधानमन्त्रीले राजीनामा दिएका बेला नेपाली सेनाले वार्ताका लागि सहजीकरण गरिरहेका बेला रविको यो अडान सार्वजनिक भएको हो।

जेनजी समूहबाट रविको रिहाइबारे प्रश्न उठेपछि उनले भनेका छन्, ‘म सरकार बनाउने, सरकारमा जाने कुनै पनि दौडमा छैन। कसैसँग कतै कुनै बैठक गरेको छैन। मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन। म कुनै रेसमा छैन भनेर धेरै पटक भनिसकेँ। रेसमा नआओस् भनेर डिफेम गर्न जरुरी छैन। तर, यो देश रहनुपर्छ लोकतन्त्र रहनुपर्छ र नागरिक सर्वोच्चता रहनुपर्छ। यो कुरामा म कसैसँग नडराइ बाँचुन्जेल राख्नेछु।’ 

उनले आन्दोलन जेनजीको भएकाले सरकारको नेतृत्व पनि जेनजीले गर्नुपर्ने बताएका छन्। 

‘यो आन्दोलन जेनजीको हो, नेतृत्व जेनजीले नै तय गरोस्,’ उनले भने, ‘म आफ्नो मुद्दा कानुनी माध्यमबाट लडिरहेको छु लडिरहनेछु। मलाई र म नेतृत्वको रास्वपालाई कुनै पनि लाभ चाहिएको छैन। लाउड एन्ड क्लियर।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad