शिक्षकहरुले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आइतबार विद्यालय शिक्षक विधेयकमा आफ्ना माग समावेश गर्दै धर्ना दिएका हुन्।
उनीहरुले यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय धर्ना दिएका थिए। धर्नामा पुगेका उनीहरुले आफूहरुको माग सम्बोधन नभए भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरेका छन्।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको मागको राजनीतिक दलहरुले सुनुवाइ नगरे दोस्रो चरणको आन्दोलन सुरु हुने भन्दै त्यसका लागि तयार रहन पनि सम्पूर्ण शिक्षक, कर्मचारीलाई आह्वान गरे।
‘देशभरीका शिक्षक कर्मचारी साथीहरु दोस्रो चरणको आन्दोलनको तयारीमा छौं,’ उनले भने, ‘हाम्रा माग, मुद्दाहरु सुनुवाई भएन भने ऐनले बोकेर आएको भने आमी अत्यन्तै कडा २०८१/८२ को भन्दा पनि कडा आन्दोलन गर्छौं। त्यसका लागि तम्तयार रहन म शिक्षक, कर्मचारी साथीहरुलाई हार्दिक आग्रह गर्दछु।’
महासंघले विद्यालय शिक्षा विधेयकमा आफूहरुको मुख्य माग सम्बोधन नभएको उल्लेख गर्दै त्यसलाई समावेश गर्न राजनीतिक दलहरुलाई दवाव दिन मुख्यालय धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन्।
Shares

प्रतिक्रिया