राजनीति


रुपन्देही-३ उपनिर्वाचन : यी नौमध्ये एक आज हुँदै छन् रास्वपा उम्मेदवार

रुपन्देही-३ उपनिर्वाचन : यी नौमध्ये एक आज हुँदै छन् रास्वपा उम्मेदवार

नेपालखबर
भदौ १५, २०८२ आइतबार ९:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न प्रतिस्पर्धीमा रहेका ९ आकांक्षीमध्ये एक जनाको नाम आज (आइतबार) घोषणा गर्ने भएको छ। 

पार्टीका प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार आज उम्मेदवार चयन प्रक्रियाको अन्तिम दिन हो। रास्वपाबाट उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएकामध्ये पार्थिवेन्द्र उपाध्याय, उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (जेबी), कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्याल ९ जना प्रारम्भिक सूचीमा छन्। 

आज यिनैमध्ये एकजनालाई छनोट गरिने भएको हो। 

अहिले बिहान ११ बजे ९ जनै निवेदक पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार जाने, त्यसपछि बिहान ११:३० बजे पार्टी कार्यालयमा सचिवालय बैठक बस्ने र अपराह्न ४:३० बजे उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिए।

उम्मेदवार छनोटका लागि रास्वपाको निर्वाचन आयोगले साउन ७ देखि २१ गतेसम्मको समय तोकेर आवेदन आह्वान गरेको थियो। 

आवेदन दिएकामध्ये रास्वपाले प्रारम्भिक सूचीका रूपमा साउन २२ गते ९ जनाको नाम सार्वजनिक गरेको थियो। 

प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा उपनिर्वाचन हुँदै छ।

२०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ।

त्यसमा राजनीतिक दलहरूले धमाधम आफ्ना उम्मेदवार चयन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad