राजनीति


आज ३ वटा संसदीय समितिको बैठक

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्वाचित भएको घोषणा हुँदै
आज ३ वटा संसदीय समितिको बैठक

नेपालखबर
भदौ ११, २०८२ बुधबार ७:१६, काठमाडौँ

संघीय संसद्का तीनवटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बुधबार दिउँसो बस्न लागेको हो।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। 

बैठकमा  समितिका सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ। समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन्।

सभापति चयनका लागि प्रतिनिधि सभा सचिवालयले तोकेको समयभित्र न्यौपानेको एकल मनोनयन दर्ता भएको छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार एकल मनोनयनसँगै प्रस्तावित उम्मेदवार निर्विरोध निर्वाचित हुनेछ। 

आज दिउँसो बस्ने समितिको बैठकले न्यौपाने निर्वाचित भएको औपचारिक घोषणा हुने छ। बैठकमा समितिका ज्येष्ठ सदस्यले उनी सभापति निर्वाचित भएको घोषणा गर्नेछन्।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ। बैठक बिहान साढे ११ बजे बस्दैछ।

बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१र८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad