प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी सामन्तवाद विरोधी र राष्ट्रिय स्वतन्त्रता पक्षधर नेता भएको बताएका छन्।
सोमबार मदन-आश्रित स्मृति प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै उनीहरुबारे टिप्णी गरेका हुन्।
‘मदन भण्डारीलाई सम्झिदाखेरी राजनीति निरपेक्ष भएर सम्झिन सकिँदैन, तटस्थ ढंगले सम्झिन सकिँदैन,’ ओलीको भनाइ छ, ‘उहाँ सामन्तवाद विरोधी। उहाँ राष्ट्रिय स्वतन्त्रताका पक्षमा, मानवीयताको पक्षमा, उहाँ लोकतन्त्रको पक्षमा नै हो।’
त्यस्तै अर्का नेता जिवराजत आश्रित पनि निरंकुशताविरुद्ध विद्रोह गर्ने नेता भएको उनले टिप्णी गरे। ‘जिवराज आश्रितलाई सम्झिदा एउटा मान्छे हो, राम्रो मान्छे हो भनेर हुँदैन। उहाँ असल मान्छे मात्रै होइन,’ ओलीले भने,‘उहाँ समाजमा राम्रो गर्नका लागि आफूलाई सूर्यवंशी भन्नेहरुका विरुद्ध विद्रोह नै गर्नुभएको हो। उहाँलाई हामीले सम्झिदा न्यायका लागि संघर्ष गर्ने मान्छे। र, उहाँहरु जुझारु मान्छे हो। संघर्षशील मान्छे हो।’
मदन-आश्रितहरू योद्धा रहेको समेत बताए। ‘असमानता, भेदभाव र अत्याचारविरुद्ध लड्ने योद्धा हो उहाँहरू, नायक हो,’ ओलीको भनाइ छ, ‘कतिबेलासम्म भन्दा अत्याचार, अन्याय, थिचोमिचो रहँदासम्म।’
उनले थपे, ‘त्यसपछि पनि जुझारु, क्रान्तिकारी भइरहने आवश्यता हुँदैन। त्यसबेलाको क्रान्तिकारीता बेग्लै हुन्छ। शान्तिपूर्ण खालको, भलादमी खालको क्रान्तिकारी।’
Shares

प्रतिक्रिया