राजनीति


उद्योग परिसंघका पदाधिकारीसँग प्रचण्डले भने- समृद्धिका लागि नीतिगत सुधार आवश्यक

उद्योग परिसंघका पदाधिकारीसँग प्रचण्डले भने- समृद्धिका लागि नीतिगत सुधार आवश्यक

नेपालखबर
साउन ५, २०८२ सोमबार १०:५६, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारसँगै समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्।

आज नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसँग आफ्नै निवास खुमलटारमा भएको भेटमा उनले यस्तो बताएका हुन्। 

त्यसक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए। 

‘मुलुककाे आर्थिक विकासका लागि राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिनेगरि नीतिगत सुधार गर्नुपर्छ,’ प्रचण्डले भने, ‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन।’

उनले राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी रहेको पनि बताए। 

नेपाल उद्योग परिसंघका पदाधिकारीले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्ययुक्त वातावरणको स्मरण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad