राजनीति


गृहमन्त्री भन्छन्- शान्तिसुरक्षा मुलुकको पहिलो सर्त हो, कुनै सम्झौता नगर्नू

गृहमन्त्री भन्छन्- शान्तिसुरक्षा मुलुकको पहिलो सर्त हो, कुनै सम्झौता नगर्नू

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १३:२९, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएको बताएका छन्। शुक्रबार जनकपुरमा मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने बताए।

उनले शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिए। उनले सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक र अनुशासितरूपमा काम गर्न निर्देशन दिए।

उनले विकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताए। दश वर्षको सशस्त्र द्वन्द्वका समयमा शान्ति सुरक्षाको स्थिति कमजोर भएकाले विकासका काम अवरुद्ध भएको उनको भनाइ छ।

गृहमन्त्री लेखकले सीमा नाकाबाट हुने चोरीपैठारीले राजस्व घटिरहेको, आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको बताए। यसलाई नियन्त्रणका लागि मिहिनेतका साथ लाग्नुपर्ने उनले बताए।

उनले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपद् प्रतिकार्यको तयारीलाई पूर्ण बनाउनुपर्ने बताए। विपद् प्रतिकार्यमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad