राजनीति


सरकारविरुद्ध आन्दोलन गर्ने निजामती कर्मचारी युनियनको चेतावनी

सरकारविरुद्ध आन्दोलन गर्ने निजामती कर्मचारी युनियनको चेतावनी

फाइल फोटो


नेपालखबर
जेठ २, २०८२ शुक्रबार २०:५१, काठमाडौँ

नेपाल निजामती कर्मचारी युनियनले आफ्ना माग सम्बोधन नभए ‘काम रोक्ने सम्मका सशक्त आन्दोलन’ गर्ने चेतावनी दिएको छ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी युनियनले आफ्ना मागबारे सरकारको ध्यानाकर्षण गराएको हो।

संघीय निजामती सेवा विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा विधेयकमा समेट्नुपर्ने बुँदाबारे स्मरण गर्दै युनियनले माग पूरा नभए आन्दोलनका लागि तयार रहन तीनै तहका कर्मचारीहरूसँग आग्रह गरेको छ।

५ वर्ष सेवा अवधि पूरा गरेकालाई एक तह र १० वर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी बढुवाको व्यवस्था गर्नुपर्ने, ६० वर्षे उमेरहद ६/६ महिनाका दरले लागू गर्नुपर्ने, अतिरिक्त सचिवको निश्चित सेवा अवधि कायम गर्नुपर्ने लगायतका वृत्ति विकासका विषय, संघ/प्रदेश/स्थानीय तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने, एकपटकलाई समायोजन पुनरावलोकन गर्नुपर्नेलगायतका माग अघि सारेको छ।

यस्तो छ विज्ञप्ति

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad