राजनीति


प्रधानमन्त्री ओलीसँग भाजपा नेता चौथाइवालेको भेट

प्रधानमन्त्री ओलीसँग भाजपा नेता चौथाइवालेको भेट

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार २०:३५, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

चौथाइवालेले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गरेका थिए।

बिहीबार खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर उनले भेटवार्ता गरेका हुन्।

यस्तै, उनले आज नै पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए।

तीन दिने नेपाल भ्रमणमा आएका उनले कांग्रेस नेता प्रकाशशरण महत, उदयशमशेर राणा र माओवादी नेता जनार्दन शर्मासँग छुट्टाछुट्टै भेटघाट गरेका छन्।

हिजो काठमाडौँ ओर्लिएलगत्तै चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेट गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad