राजनीति


सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, भूमि व्यवस्था मन्त्रीले गरे ब्रिफिङ

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, भूमि व्यवस्था मन्त्रीले गरे ब्रिफिङ

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १७:६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन्।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसंगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गरेका हुन्। 

राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा  सरकार गम्भीर भएर लाग्न निर्देशन दिएका थिए।

सो अवसरमा मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई संकटग्रस्त घोषणा गरी तदारुकताका साथ काम भइरहेको र ३ वटा सहकारीको समस्या समाधान गरिसकेको तथा बाँकी सहकारीको समस्या समाधानका लागि सरकारले काम गरिरहेको जानकारी गराएका थिए। 

लामो समयदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad