राजनीति


प्रकृति लम्साल मृत्यु प्रकरण : काठमाडौँमा विप्लव निकट विद्यार्थी संगठनको प्रदर्शन

प्रकृति लम्साल मृत्यु प्रकरण : काठमाडौँमा विप्लव निकट विद्यार्थी संगठनको प्रदर्शन

नेपालखबर
फागुन ७, २०८१ बुधबार २०:३९, काठमाडौँ

भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्रकृति लम्सालको मृत्युपछि नेपाली विद्यार्थीलाई गरिएको अपमानविरुद्ध अखिल समाजवादीले प्रदर्शन गरेको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल समाजवादीले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो।

त्यसक्रममा विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही तथा न्यायको माग गरिरहेका नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कलेज प्रशासनका कर्मचारीलाई कडा कारबाही गर्न माग गरे।

साथै, होस्टेलबाट अपमानजनक व्यवहार गर्दै निष्कासन गरिएका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई ससम्मान होस्टेल फिर्ता गराई पठनपाठनमाको व्यवस्था गर्न जोडदार माग गरेको समाजवादीका उपाध्यक्ष ललित सीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad