ad ad

राजनीति


संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे असोज २ गते निर्णय गर्ने

संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे असोज २ गते निर्णय गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८१ सोमबार ११:४५, काठमाडौँ

प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक असोज २ गतेलाई बोलाइएको छ। समिति सदस्य ईश्वरी घर्तीमगरका अनुसार बैठक २ गते ११ बजे सिंहदरबारमा बस्ने गरि बोलाइएको हो। 

प्रस्तावित १७ जना राजदूतको सुनुवाइ सकिएपछि अन्तिम निर्णयका लागि आइतबार बैठक बोलाइएको थियो। तर, प्रतिनिधिसभाको बैठकका कारण समय नपुग्ने भन्दै सुनुवाइ समितिको बैठक अचानक स्थगित गरिएको थियो।

सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ गरेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि छलफल गरेको थियो। उनीसँग विशेष गरी राजदूतको सिफारिस समावेशी नभएको बारे छलफल भएको थियो।

त्यस्तै समितिले प्रस्तावित राजदूतबारे परेको उजुरीलाई लिएर कानुनका जानकारसँग पनि छलफल गरेको थियो। प्रस्तावित राजदूतमध्ये मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना, भारतका लागि शंकरप्रसाद शर्मा र इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि सिफारिस भएका कपिल श्रेष्ठविरुद्ध उजुरी परेका छन्। 

उजुरी परेका राजदूतबारे के गर्ने भन्नेमा समिति सदस्यहरू निष्कर्षमा पुगिसकेका छैनन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .