ad ad

राजनीति


संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रमाणीकरण भएकोमा चीनको स्वागत

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रमाणीकरण भएकोमा चीनको स्वागत

नेपालखबर
भदौ १५, २०८१ शनिबार १२:४, काठमाडौँ

उत्तरी छिमेकी चीनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा स्वागत गरेको छ। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शनिबार समाजिक संजाल एक्समार्फत विधेयक प्रमाणीकरण गरेकोमा नेपाललार्य बधाई दिएका हुन।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (तेस्रो संशोधन) विधेयक, २०८१ लाई प्रमाणीकरण गरेकोमा हार्दिक बधाई नेपालका सम्माननीय रामचन्द्र पौडेल,’ उनले भनेका छन्।

सर्वदलीय सहमतिमा आधारित नेपलाको शान्ति प्रक्रियामा यो कोसेढुंगा हुने समेत चिनियाँ राजदूतको भनाइ छ। ‘सबै दलको सहमतिमा आधारित नेपालको शान्ति प्रक्रियामा यो ऐतिहासिक कोसेढुंगा  हो,’ राजदूत सोङले भनेका छन्,‘ सबै सरोकारवालाहरू अगाडि बढ्ने र नेपालको उज्ज्वल भविष्यलाई अँगाल्ने बेला आएको छ।’

संघीय संसदका दुवै सनदबाट पारित भएर आएको विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रमाणीकरण गरेका थिए। राजपत्रमा प्रकाशित भएसँगै अब यो लागू हुनेछ।

विधेयक प्रमाणीकरण भएकोमा युरोपिएन युनियन, अमेरिका, जापान र युरोपेली देशले यसको स्वागत गर्दै नेपाललाई आश्वयक सहयोग गर्न तयार रहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .