ad ad

राजनीति


एकीकृत समाजवादीमा ७ उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी (सूचीसहित)

एकीकृत समाजवादीमा ७ उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८१ मंगलबार ११:५९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा १७ जनाको उम्मेदवारी परेको छ। पदाधिकारी र पोलिटव्युरो चयनका लागि मंगलबार चुनाव हुँदैछ।

एकीकृत समाजवदाीको विधान अनुसार वरिष्ठ १, महिला १ र मधेसी १ र खुला ४ जनासहित ७ जना उपाध्यक्ष रहने व्यवस्था छ। जसका लागि १७ जनाको उम्मेदवारी परेको हो। 

जसमा वरिष्ठमा घनेन्द्र बस्नेत र राजेन्द्रप्रसाद पाण्डे, उपाध्यक्ष महिलामा जयन्ती राई र रामकुमारी झाक्री, उपाध्यक्ष मधेसीमा धर्मनाथप्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ। 

यस्तै खुला ४ उपाध्याक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ।

जसमा ललितबहादुर बस्नेत क्षेत्री, डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा.विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा, बलरामप्रसाद बास्कोटाको उम्मेदवारी दिएका छन्। 

केहीबेरपछि चुनावी प्रक्रिया सुरु हुनेछ।

समाजवादीले महाधिवेशन सकेको लामो समयपछि पदाधिकारी छान्न चुनाव गर्न लागेको हो।

नेतृत्वको आकांक्षी धेरै भएको र सर्वसम्ममति हुने सम्भावना नरहेपछि चुनावी विधिबाट छान्न लागेको जगन्नाथ खतिवडाले नेपालखबरलाई बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .