परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयलमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री डा राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए। रासस
33
Shares
प्रतिक्रिया