ad ad

राजनीति


मुलुक विदेशीहरूको चक्रब्यूहमा फस्यो : सिपी मैनाली

मुलुक विदेशीहरूको चक्रब्यूहमा फस्यो : सिपी मैनाली

फाइल तस्बिर


नेपालखबर
असार १५, २०८१ शनिबार १७:१८, काठमाडौँ

नेकपा (माले) का महासचिव सिपी मैनालीले मुलुक विदेशीहरूको चक्रब्यूहमा फसेको बताएका छन्।

दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीहरूले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको महासचिव मैनालीको जिकिर थियो।

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई विदेशीहरुको नियन्त्रणबाट मुक्त गर्न नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो विगतलाई समिक्षा गरेर अघि बढ्नुपर्ने बताए।

महासचिव मैनालीले मुलुकमा तत्काल जनवाद आउने सम्भावना नभए पनि कम्युनिष्टहरूले आफ्ना कमजोरी सुधार गर्दै अघि बढे समाजवाद निर्माणको आधार भने बताउन सक्ने बताए।

‘अब दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीको नियन्त्रणमा लैजाने दोस्रो रणनीतिक लक्ष्यमा लागेको छ। यस्तो खालको कमजोरीहरू हाम्रोमा छन। अहिले तत्कालै जनगणतन्त्र, तत्कालै समाजवाद आउने कुरा त म देख्दिन। तर, अहिले तत्कालै एउटा फेरी एउटा राजनीतिक परिवर्तनको आवश्यक्ता देखिएको छ,’ उनले भने, ‘त्यसका कार्यक्रमहरू, त्यसका लक्ष्यहरू, विधिहरू के हुन सक्लान? अहिले मैले भन्न पाइनँ। अहिले मुलुक विदेशीहरूको चक्रब्यूहबाट मुक्त भएर स्वतन्त्र समाजको रुपमा अघि जानसक्छ। देशमा जनसत्ता आउन सक्ला। र पूँजीवाद विरोधी समाजवाद निर्माण गर्ने परिस्थितिको सृजना हुनसक्ला।’

महासचिव मैनालीले नेपालमा अहिले पनि कम्युनिष्ट शक्तिहरूबीच एकता भइहाल्ने अवस्था नरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .