राजनीति


केक बोक्ने हेलिकोप्टरबाट हुम्ला औषधि पठाइदिउँः सांसद शाही

केक बोक्ने हेलिकोप्टरबाट हुम्ला औषधि पठाइदिउँः सांसद शाही

नेपालखबर
फागुन १४, २०७६ बुधबार ९:४६,

सांसद रंगमति शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परको भन्दै उडान सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गरेका प्रधानमन्त्रीलाई सिटामोल नपाएर ज्यान गुमाएका हुम्लाका जनताको माया लागेन भनि प्रश्न गरिन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू तपाईंले बर्थ डेको केक बोक्ने हेलिकोप्टर चार्टर गरेर खर्च गर्न अलिकति पनि तपाईंलाई अप्ठ्यारो लागेन? यही जाडोमा सिटामोल नपाएर हुम्लामा १४ जनाले ज्यान गुमाउनु पर्यो। सुत्केरी हुन नसकेर महिलाहरु छटपटाई मर्नु पर्यो। बरु केक चार्टर गर्नुभन्दा औषधिको चार्टर गरेर त्यो हेलिकप्टर हुम्ला पठाईदिउँ, जनता बचाउनुपर्छ भनेर अलिकति पनि तपाईलाई माया लागेन?’

उनले कर्णालीमा दैनिक कम्तिमा एक उडान पठाउने व्यवस्था मिलाउन आग्रह गरिन्। ‘एन एले फ्लाईट नगरेको ३ महिना भयो। अब मैले सरकारको बाहुलीमा विन्ति चढाउन पर्ने भयो। एन एको जहाज नेपालगञ्जमा नाईट स्टप राखेर कर्णालीमा दिनको एक फ्लाईट राखेर जनताका लागि व्यवस्था मिलाईबक्सियोस् भनी प्रधानमन्त्रीज्यूको बाहुलीमा विन्ति चढाउँछु’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad