ad ad

राजनीति


सभामुख सर्वथा चुक्नुभयो, आजको अप्रिय अवस्थाको जिम्मेवारी उहाँले नै लिनुपर्छ : गगन थापा

सभामुख सर्वथा चुक्नुभयो, आजको अप्रिय अवस्थाको जिम्मेवारी उहाँले नै लिनुपर्छ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १९:४७, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पदीय जिम्मेवारीबाट सभामुख देवराज घिमिरे चुकेको ठहर गरेको छ। पार्टी महामन्त्री एवं सांसद गगनकुमार थापाले सभामुखले बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न नसकेको ठहर गरेको जानकारी दिए। 

प्रतिनिधिसभा बैठकपछि एक पत्रकार सम्मेलन आयोजना गर्दै महामन्त्री थापाले आजको सदनभित्र देखिएको स्थितिको जिम्मेवार सभामुख घिमिरे हुनुपर्ने बताए। 

‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ,’ उनले भने, ‘किनकी सदनलाई जबर्जस्ती कार्यसूचीमा प्रवेश गराएर एकप्रकारको अप्रिय अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ,’

साथै, उनले पुरानो दलगत रुझानहरुबाट पूर्णरुपमा अलग भएर तटस्थ भूमिका निर्वाह गर्ने अभिभावकको रुपमा अपेक्षा गरिएको भएपनि त्यस्तो नहुँदा समस्या भएको बताए। 

‘आज सदनमा जे दृश्य देखियो, यो सन्दर्भमा सम्माननीय सभामुखले सदनको सभामुखको जिम्मेवारीबाट जुन भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो निर्वाह गर्न सर्वथा चुक्नु भएको भन्ने हाम्रो ठहर रहेको छ,’ उनले भने, ‘सदनमा सभामुख जहिल्यै दलगत आबद्धताबाट मुक्त भएको, आफ्नो पुरानो दलगत रुझानहरुबाट पूर्णरुपमा अलग भएर तटस्थ भूमिका निर्वाह गर्ने अभिभावकको रुपमा अपेक्षा गरेका हुन्छौं। त्यो रुपमा लिएका हुन्छौं।’ 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसलगायत प्रतिपक्षी दलहरुले नाराबाजी गरेका थिए। नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले सदन अगाडि बढाएका थिए। 

सभामुखले राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए। त्यसपछि उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए। 

लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेलको स्थिति बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .