नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नेपाली कांग्रेसले क्षमा माग्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन्। प्रतिनिधिसभा बैठकमा कांग्रेसले असंसदीय व्यवहार प्रदर्शन गरेको भन्दै कांग्रेस सांसदहरूले क्षमा माग्नुपर्ने बताए।
‘नेपाली कांग्रेसका उपपसभापति निवर्तमान मन्त्री धनराज गुरुङ उपसभामुखलाई उठाएर उहाँको आसनमा गएर उभिनुभयो। यो असंसदीय कार्य भयो,’ सापकोटाले भने, ‘लोकतन्त्रमा विश्वार राख्ने पार्टीले गरेको यो कार्य राम्रो भएन। आज असंसदीय गतिविधि र क्रियाकलाप भएकोमा नेपाली कांग्रेसले क्षमा माग्नुपर्दछ। नेपाली जनतालाई निराश बनाउनु हुँदैन।’
साथै, उनले बिहीबारको दृश्यले आफूलाई सांसद हुँ भन्न पनि लज्जाबोध भएको बताए।
‘मलाई सांसद हो भन्नका लागि पनि लज्जाबोध भइरहेको छ,’ उनले भने।
Shares
प्रतिक्रिया