राजनीति


मोदीको सहरमा लाखौँ मानिसले आफ्नो स्वागत गर्ने प्रतीक्षामा ट्रम्प

मोदीको सहरमा लाखौँ मानिसले आफ्नो स्वागत गर्ने प्रतीक्षामा ट्रम्प

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार १०:७,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुग्दैछन्। लाखौँ जनताले आफूलाई स्वागत गर्ने ट्रम्पको अपेक्षा छ।

पछिल्लो समय व्यापारका विषयमा दुई मुलुकबीच उत्पन्न मतभेदलाई यो भ्रमणले हल गर्ने अपेक्षा गरिएको छ।

सोमबार पत्नी मेलानिया, छोरी इभान्का र ज्वाइँ जेरड कुस्नर पनि उनको साथमा हुनेछन्। यद्यपि भ्रमणको क्रममा ठूलो व्यापारिक सम्झौता नहुने बताइएको छ।

‘हामी भारत जाँदैछौँ। त्यहाँ हामी विशाल सम्झौता गर्नेछौँ। हुन सक्छ हामी अलि गति कम गरेर चुनावपछि सम्झौता गर्नेछौँ,’ ट्रम्पले भनेका छन्।

सम्झौताभन्दा ट्रम्पको ध्यान आफ्नो स्वागतमा निस्किने मानिसको संख्यामा देखिन्छ।

मोदीको गृहराज्य गुजरातको अहमदावादमा ट्रम्पलाई स्वागत गर्न भव्य तयारी गरिएको छ। उनको स्वागतमा सडकमा र्‍याली हुनेछ भने एक लाख क्षमताको क्रिकेट रंगशालामा मोदी र ट्रम्पले सम्बोधन गर्ने छन्।

भ्रमणकै क्रममा भारतले अमेरिकी कम्पनी लकहिड मार्टिनसँग २.६ अर्ब डलरको २४ वटा सिहक हेलिकोप्टर किन्ने र ६ वटा अपाचे हेलिकोप्टरको अर्डर दिने बताइएको छ।

गएको १५ वर्षमा भारतले अमेरिकासँग १८ अर्ब डलरको हतियार किनिसकेको छ।

ट्रम्पको भ्रमणलाई मोदी सरकारले रणनीतिक महत्व दिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad