ad ad

राजनीति


राष्ट्रिय सभा सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस

राष्ट्रिय सभा सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस

नेपालखबर
चैत ३०, २०८० शुक्रबार १५:१७, काठमाडौँ

सरकारले राष्ट्रिय सभाको रिक्त पदमा डा‍ अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘राष्ट्रियसभाको रिक्त रहेको पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरिएको छ,’ शुक्रबार बैठकपछि शर्माले भनिन्।

शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन्।

उनी नेकपा एमालेका तर्फबाट बाग्मती प्रदेश सभाका पूर्वसदस्य अजयक्रान्ति शाक्यकी पत्नी हुन्।

संखुवासभा घर भएकी उनी नेपाल टेलिभिजनकी पूर्वसमाचार प्रस्तोता पनि हुन्।

व्यवस्थापन विषयमा विद्यावारिधि (पीएचडी) गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५३ देखि करिब एक दशक प्राध्यापन गरेकी थिइन्।

साथै अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्बरको अध्यक्ष लगायतको पदमा रहेर काम गरेको अनुभव उनीसँग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .