नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले सल्यानको कपुरकोटबाट संगठन सुदृढ यात्रा प्रारम्भ गरेका छन्।
शुक्रबार उनले सल्यानको कपुरकोट र त्रिवेणी गाउँपालिकाबाट कर्णाली प्रदेशका १० वटै जिल्लाका लागि यात्रा प्रारम्भ गरेका हुन्।
नेपाली कांग्रेसलाई भावनात्मकरूपमा एकताबद्ध बनाएर संगठनलाई सुदृढ र सशक्त बनाउँदै थप ऊर्जाशील र गतिशील बनाउने उद्देश्यले यात्रा थालेको शाहीले बताए।
कर्णालीका १० वटै जिल्लाका गाउँगाउँ र लटोलसम्म पुग्ने उनको भनाइ छ।
186
Shares
प्रतिक्रिया