ad ad

राजनीति


प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय, सांसदलाई ह्विप जारी

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय, सांसदलाई ह्विप जारी

मंगलबार बिहान सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठक


नेपालखबर
फागुन २९, २०८० मंगलबार १०:३३, काठमाडौँ

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले भने, ‘बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ र त्यही्अनुसार सबै सासंदलाई संसद्‌मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन दिएको (ह्विप जारी गरिएको) छ।’

प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते संसद्‌मा विश्वासको मत लिँदै छन्।

प्रधानमन्त्री प्रचण्डले यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएका हुन्। जसमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी छन्। यी पाँच दलसँग सुविधाजनक बहुमत छ। 

सत्ताबाट बाहिरिएपछि कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन यही फागुन २२ मा फिर्ता लिएको थियो। कुनै दलले समर्थन फिर्ता लिएमा वा सरकारमा सहभागी दल विभाजन भएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

गत वर्ष पुस ११ मा प्रधानमन्त्री नियुक्त प्रचण्डले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले गत वर्ष पुस २६ मा पहिलोपटक र चैत ६ मा दोस्रोपटक विश्वासको मत लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .