राजनीति


जनतामा आशा फैलाउन अहिलेको सहकार्य फलदायी बनाउनुपर्छ : एमाले

जनतामा आशा फैलाउन अहिलेको सहकार्य फलदायी बनाउनुपर्छ : एमाले

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०८० शुक्रबार १२:१२, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले जनतामा रहेका निराशालाई आशामा बदल्नका लागि अहिले बनेको नयाँ सत्ता समीकरणलाई फलदायी बनाउनुपर्ने निष्कर्ष निकालेको छ। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको २९ औँ सचिवालय बैठकले सो निष्कर्ष निकालेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए। 

‘जनताको निराशालाई आशामा बदल्ने, विकास र समृद्धिका कामलाई तिव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्छ, यसले अनुकुलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता रहेको छ,’ उनले भने। 

साथै, यो गठबन्धनबाट निराशालाई चिर्दै देशभित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना जगाउने पनि बताए। 

‘देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही हुनसक्छ भन्ने सकारात्मक भावना जगाउने,’ उनले भने। 

त्यस्तै, माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन अन्य दललाई पनि प्रक्रियामा साथ र सहयोग गर्न अन्य दललाई एमालेले आग्रह पनि गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .