ad ad

राजनीति


सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री

सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०८० शुक्रबार ७:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पु¥याएको योगदान गौरवपूर्ण रहेको बताएका छन्।

२६१ औँ सेना स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली सेना संविधान र कानुन प्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै राष्ट्र र जनताको सुरक्षामा निरन्तर समर्पित रहँदै आएको बताएका छन्।

उनले राष्ट्र र जनताको जीवन रक्षार्थ विभिन्न कालखण्डमा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका सम्पूर्ण सैनिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘आगामी दिनमा ऐतिहासिक परिवेश र परिदृश्यहरूको विश्लेषण तथा भविष्यका चुनौतीलाई सूक्ष्म निगरानीगर्दै देश र जनताको रक्षार्थ आफूलाई उभ्याउनेछ भन्ने विश्वास लिएको छु,’ सन्देशमा प्रधानमन्त्रीले भनेका छन्।

प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय शान्ति, विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, खेलकूद तथा विकास निर्माण, निर्वाचन सुरक्षालगायतका क्षेत्रमा नेपालीसेनाले आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकता प्रशंसनीय रहेको बताएका छन्। 

त्यसैगरी रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पनि नेपाली सेनालाई समग्र राष्ट्र र राष्ट्रबासीको सर्वोपरि हित हुने कार्यमा थप सजगतापूर्वक समर्पित हुन निर्देशन दिएका छन्। 

सेना दिवसका अवसरमा रक्षमन्त्री उप्रेतीले दिएको सन्देशमा सेनाले स्थापनाकालदेखि वर्तमानसम्म सरकारबाट प्राप्त नीति निर्देशनलाई सर्वोपरि ठानेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। 

‘आपतकालीन परिस्थितिहरूमा नेपाली सेना सदैव राष्ट्र र जनताको सेवामा अग्रपिङ्क्तमा रहेर काम गर्दै आइरहेको छ । देशका विभिन्न स्थानमाआइपर्ने विपद्का घटनाहरूमा समेत नेपाली जनताको जिउधनको रक्षार्थ नेपाली सेनाले गरेको योगदानको प्रशंसा गर्दछु,’ सन्देशमा भनिएको छ। रासस
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .