ad ad

राजनीति


सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसले भन्यो: प्रधानमन्त्रीले ‘धोका’ दिए

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसले भन्यो: प्रधानमन्त्रीले ‘धोका’ दिए

नेपालखबर
फागुन २४, २०८० बिहिबार १२:०, काठमाडौँ

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। 

बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। 

सो कुरा आजै सभामुखलाई जानकारी गराउने निर्णय बैठकले गरेको छ।

यस क्रममा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘धोका’ दिएको आरोप पनि लगाएको छ। 

कांग्रेसले भनेको छ, ‘संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यस क्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको कांग्रेसको निष्कर्ष छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .