राजनीति


एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री

नेपालखबर
फागुन २३, २०८० बुधबार १८:१९, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने निश्चित भएको छ।

जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र  बुढाले सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्।

जोशी २०७९ को निर्वाचनमा बझाङबाट निर्वाचित भएका थिए। उता बुढा डोल्पाबाट निर्वाचित सांसद हुन्।

यसअघि बुधबार दिउँसो बसेको समाजवादी सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको थियो। तर उसले विभिन्न पाँच शर्त राख्दै बुधबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको थियो। 

सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालय लिएको छ।

यसअघि नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन सरकारमा पनि समाजवादीले २ मन्त्री र १ राज्यमन्त्री लिएको थियो। 

तत्कालीन गठबन्धन सरकारमा बेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री थिए। उता नन्दा चपाईँ भौतिक राज्यमन्त्रीको भूमिकामा थिइन्। 

मंगलबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोटेश्वरमा पुगेर समाजवादी अध्यक्ष नेपालसँग २ घण्टा वार्ता गरेका थिए।

उक्त वार्तामा भएको सहमतिअनुसार समाजवादीले बुधबार सचिवालय बैठक राखेर नयाँ गठबन्धनमा सामेल हुँदै सरकारमा पनि जाने निर्णय लिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .