एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन कोटेश्वर पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल बाहिरिनेबित्तिकै अध्यक्ष लिङ्देन अध्यक्ष नेपालसँग वार्ताको लागि कोटेश्वर पुगेका हुन्।
२०७९ पुस १० मा बनेर दुई महिनामा भंग भएको तत्कालीन सत्ता गठबन्धनमा राप्रपा पनि थियो। तर यश पटक एमाले र माओवादी दुवै दलको नेतृत्वले राप्रपालाई गठबन्धनमा समावेश गराउन इच्छा देखाएको छैन
यस्तोमा अध्यक्ष लिङ्देन सोमबार बनेको नयाँ सत्ता गठबन्धनबाहिर रहेको समाजवादीका अध्यक्ष नेपालसँग वार्ताका लागि पुगेका हुन्।
1.5k
Shares
प्रतिक्रिया