प्रतिनिधिसभा बैठक स्थगित भएको छ। संघीय संसद सचिवालयले विशेष परिस्थितिका कारण आजको बैठक स्थगित भएको जानकारी गराएको छ।
अर्को बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि तय भएको संसद् सचिवालयले जनाएको छ।
राजनीतिक समीकरण उथलपुथल भएसँगै आजै बिहान बोलाइएको संसदीय समिति बैठक पनि स्थगित भएको थियो।
स्रोतका अनुसार आजै प्रधानमन्त्रीले नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्दैछन्।
सत्तारुढ माओवादी केन्द्रसँग राष्ट्रिय सभा निर्वाचन र मन्त्रिमण्डल पुनर्गठनमा सहमति जुट्न नसक्दा कांग्रेससँगको गठबन्धन टुटेको हो।
42
Shares
प्रतिक्रिया