ad ad

राजनीति


चालु अधिवेशनबाटै शिक्षा ऐन पास गर्छौं : नेता जबरा

चालु अधिवेशनबाटै शिक्षा ऐन पास गर्छौं : नेता जबरा

नेपालखबर
फागुन १९, २०८० शनिबार १७:३३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले संसदको चालु अधिवेशनबाटै शिक्षा ऐन पास गर्नेगरी आफ्नो पार्टी लागि परेको बताएका छन्।

शनिबार नेपाल शिक्षक संघ, जिल्ला समिति ललतिपुरको कार्यक्रममा बोल्दै उनले शिक्षा ऐनलाई छिटो भन्दा छिटो पास गर्न कांग्रेसले काम गरिरहेको बताएका हुन्। उनले जारी संसदको अधिवेशनमै पास गर्ने उद्देश्य राखेर अघि बढेको जानकारी दिए। 

अहिले पनि निजी विद्यालयमा पढाउने भन्दा सरकारी विदालयमा पढाउने शिक्षकको तलब भत्ता बढी रहेको उनले जिकिर गरे।

‘आजको दिनमा पनि शिक्षकहरुको तलव, सरकारी शिक्षकहरुको भन्दा निजी क्षेत्रमा पढाउने भन्दा धेरैजसो कुनैकुनै ठूला निजी स्कुलमा बढी होला नत्र धेरै तलव सरकारी स्कुलमा पढाउने शिक्षककै रहेको छ । तर पनि सरकारी विद्यालयमा विद्यार्थीको संख्या घटेको छ,’ उनले भने।

सरकारी विद्यालयम अध्ययन गराउने शिक्षकहरुको सेवा सुविधा बढी भएपनि निजी विद्यालयको भन्दा सरकारी विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै जानु गम्भीर विषय भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .