ad ad

राजनीति


गठबन्धन सरकारप्रति एकीकृत समाजवादीको व्यापक असन्तुष्टि छ : झलनाथ

गठबन्धन सरकारप्रति  एकीकृत समाजवादीको व्यापक असन्तुष्टि छ : झलनाथ

फाइल फोटो


नेपालखबर
फागुन ९, २०८० बुधबार १६:३, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि रहेको बताएका छन्।

बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गरे। उनले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए।

उनले देशले नयाँ कोर्षको माग गरिरहेको बताए। उनले देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताए।

उनले भने, ‘सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ। यसले जनतालाई छोएको छैन। सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन। हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? बजेट दिएको केही गर्नु। उनहरुलाई केही गर्न किन सक्नुभएन भन्दा बजेट छैन के गर्नु भन्छन्। हामी निमित्तमा सहभागी छौँ। तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन।’

उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताए। उद्योगबाट आउने राजश्व देशमा वि.सं. १९९५ को भन्दा कम रहेको बताए। सो बेलामा नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भएपनि अहिले ५ प्रतिशत भन्दा कम रहेको बताए।

पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .