ad ad

राजनीति


राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे मागपत्रमा के छ? (पूर्णपाठ)

राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे मागपत्रमा के छ? (पूर्णपाठ)

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
फागुन ९, २०८० बुधबार १५:१८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार दिउँसो भेटेर ४० बुँदे माग पत्र बुझाएको छ।

बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर ४० बुँदे मागपत्र बुझाएको हो।

२०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गर्दा पनि तत्कालीन माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे नै ज्ञापन पत्र बुझाएको थियो। 

भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई आफ्नो पार्टीका धारणासहितको ज्ञापनपत्र बुझाएको हो।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्रीलाई ४० बॅुदे ज्ञापनपत्र बुझाइएको हो।

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएको उनले बताए।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवम् जनजीविकासँग सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएको हो।

यही ज्ञापनपत्र राप्रपाले सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्न अध्यक्ष लिङ्देन, पूर्वअध्यक्ष पशुपति शमसेर जबरा, पूर्व अध्यक्ष, निर्देशन समिति अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्षहरु बुद्धिमान तामाङ्, विक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, रवीन्द्र मिश्र पनि पुगेका थिए।

त्यस्तै उपाध्यक्षहरू मुकुन्दश्याम गिरी, हेमजङ् गुरुङ्, महामन्त्री डा.धवलशमसेर राणा, कार्यसम्पादन समिति सदस्य, पूर्वाधार समितिका सभापति दीपकबहादुर सिंह, मूख्य सचिव केदारबहादुर अधिकारी पनि पुगेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .