ad ad

राजनीति


कांग्रेस महासमिति बैठक : आज विभिन्न प्रतिवेदनमाथि छलफल

कांग्रेस महासमिति बैठक : आज विभिन्न प्रतिवेदनमाथि छलफल

नेपालखबर
फागुन ९, २०८० बुधबार ९:४७, काठमाडौँ

नेपाली कांग्रेसको ललितपुरमा जारी महासमिति बैठकका क्रममा आजदेखि समूहगत छलफल हुँदैछ। 

गएको सोमबारदेखि सुरु भएको बैठकमा उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले मङ्गलबार प्रस्तुत गरेका प्रतिवेदनमाथि आज समूहगत छलफल हुन लागेको हो।

प्रतिवेदनमा छलफल गर्न चार समूह बनाइएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए। 

बैठकमा उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, पार्टीप्रवक्ता डा.प्रकाशशरण महतले पेस गरेका आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदनमाथि आज समूहगत छलफल गर्न लागिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .