ad ad

राजनीति


राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनासँग इन्टर पारिस पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुखको शिष्टाचार भेट

राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनासँग इन्टर पारिस पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुखको शिष्टाचार भेट

नेपालखबर
फागुन ८, २०८० मंगलबार ११:५६, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई संसद्प्रति जवाफदेही बनाउनुपर्ने बताएका छन्। 

मंगलबार बिहान इन्टर पारिस पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीसँगको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले सो धारणा राखेका हुन्।  

अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गर्न मफी मंगलबार बिहान सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्ष पुगेका थिए। 

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले भने, ‘संसद् जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो बन्छ।’

उनले सरकारलाईं कसरी संसद् र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ, त्यसतर्फ लाग्नुपर्नेमा जोड दिएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .