ad ad

राजनीति


महामन्त्री गगनले पेश गरेको ४६ पृष्ठको सांगठनिक प्रतिवेदनमा के छ?

२०८२ मंसिरभित्र १५ औँ महाधिवेश गर्न प्रस्ताव
महामन्त्री गगनले पेश गरेको ४६ पृष्ठको सांगठनिक प्रतिवेदनमा के छ?

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०८० बिहिबार १८:२७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

बिहीबारदेखि सुरु भएको बैठकमा उनले पार्टीभित्रको दुई धारलाई स्पष्टसँग खुलाउँदै प्रतिवेदन पेस गरेका हुन्। 

थापाले पहिलो आत्मनिन्दा र दोस्रो आत्मश्लाघा रहेको प्रतिवेदनमा लेखेका छन्। दुवै अतिवादी प्रवृति पार्टी संगठनका लागि घातक रहेको उनले बताएका छन्। 

‘पार्टीले जे गरिरहेको छ वा जे भइरहेको छ ठीक भइरहेको छैन भन्ने ठहर्छ। अब पनि केही हुँदैन कि भन्ने भय र चिन्ताले उसको आत्मविश्वास खस्किएको छ', उनले भनेका छन्, 'विगतमा पार्टीका निर्णय र पछ्याएको बाटोमा पनि उसमा भएको लघुताभासका कारण प्राप्त उपलब्धिकोसमेत अपनत्व लिन ऊ धकाइरहेको छ। यो पंक्ति एकदमै द्विविधा, निराशा र आत्मनिन्दाले ग्रसित छ।’

उनले प्रतिवेदनमा दोस्रो धारको पनि ब्याख्या गरेका छन्। 

‘भर्खरै सम्पन्न निर्वाचनहरूमा विजयी  भएर सबैभन्दा ठूलो पाटी भएका छौँ। हामी अभेद्य छौँ, हाम्रा चुनौती साना छन् भन्ने अतिरिक्त आत्मश्लघाले ग्रसित देखिन्छ', उनले भनेका छन्,  'ऊ पार्टीका आन्तरिक समस्या उपेक्षा गर्छ, बाहिरका कुरालाई विरोधीहरूको प्रोपोगण्डा मान्छ। मूलतः पार्टीमा सबै ठीकठाक छ भन्ने ठहर्छ। पार्टीको सुदूर भविष्यसमेत सुनिश्चित भएकोमा ऊ ढुक्क छ।’

उनले पार्टीको अनुशासनमा पनि जोड दिँदै सबैले विधिमा चल्नुपर्ने बताएका छन्।

‘पार्टी संगठनलाई विधिसम्मत चलाउन पार्टीको प्रत्येक सदस्य र समितिले विधिअनुसार आफ्नो कर्तव्य एवम् जिम्मेवारी पूरा गर्नुपर्छ। पार्टी अनुशासन पालना गर्नुपर्छ', उनले भनेक छन्, 'पार्टीको विधानले अनुशासन पालनाका सन्दर्भमा केही विधि र संयन्त्र निर्धारण गरेको छ। पार्टी अनुशासन उल्लंघन गर्ने कुनै पनि प्रयासलाई पार्टीले छुट दिनु हुँदैन। सबैले आफ्नो कर्तव्य, जिम्मेवारी र अनुशासनको पूर्ण पालन गर्नुपर्दछ।’

महामन्त्री थापाले पार्टी विधानअनुसार २०८२ मंसिरसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पनि गरेका छन्। त्यहीअनुसार उनले २०८१ मा विधान अधिवेशन र महासमिति बैठक गर्नुपर्ने पनि बताएका छन्।

थापाको प्रस्ताव :
२०८१ मंसिर १५ भित्र वडा अधिवेशन र मंसिर मसान्तभित्र गाउँ र नगर अधिवेशन।
२०८२ भदौ मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन।
२०८२ मंसिरभित्र १५ औं केन्द्रीय महाधिवेशन।

सांगठानिक प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .