ad ad

राजनीति


जतिसुकै शक्तिशाली होस्, जग्गा हडप्नेलाई कारबाही हुनुपर्छ : गगन थापा

जतिसुकै शक्तिशाली होस्, जग्गा हडप्नेलाई कारबाही हुनुपर्छ : गगन थापा

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २४, २०८० बुधबार १२:५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी जग्गा हडप्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्ने बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा थापाले यस्तो बताएका हुन्। 

‘राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति गलत गर्नेले होस् दण्डित हुनुपर्छ। हातमा तागत होस् या कलम होस् उसलाई दण्डित गरिनुपर्छ’, उनले भने, ‘सार्वजनिक जग्गा हडप्ने जोसुकैले पनि दण्डित हुनुपर्छ। जग्गा हडप्ने होस् या मिच्ने कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन।’

थापाले नागरिकता बनाउँदा किर्ते गरेको छ भने पनि त्यसलाई कारबाही हुनुपर्ने बताएका छन्। 

‘आमनागरिकले सहकारीमा जम्मा गरेको निक्षेपमा ठगीको धन्दा चलाउनेमाथि कारबाही हुनुपर्छ’, उनले भने, ‘चाहे जग्गा मिच्ने होस्, हड्प्ने होस्, यताको होस् उताको होस् जुनसुकै दलको होस् कसैले पनि उन्मुक्ति पाउनु हुँदैन।’

थापाले कुनै कानुन मिचेमा आमनागरिकले जसरी दण्ड पाउँछन्, त्यसैगरी शक्तिशालीलाई पनि छाड्न नहुने बताएका छन्। 

‘कानुन मिच्ने शक्तिशाली कारबाही भएमा मात्रै राज्य भएको कुराको प्रत्याभूति हुन्छ’, उनले भने, ‘लोक रिझ्याइँ र स्टन्टबाजीका लागि मात्रै नहोस् भन्ने नागरिकको आवाज हो। हामीले दलहरूले पनि दोहोरो भूमिका देखउनु हुँदैन। कानुन कार्यान्यवनमा सरकारले खुट्टा कमाउनु हुँदैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .